Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र यूएनका उपमहासचिव अतुलबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र संयुक्त राष्ट्रसंघको कार्यसञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरबीच भेट भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र खरेबीच बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको हो ।

सो भेटमा उनीहरूबीच द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको यूएन कार्यालयले जनाएको छ ।

उपमहासचिव खरे नेपाल र यूएनको संयुक्त आयोजनामा काठमाडौंमा भएको सातौं शान्ति स्थापना अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077