Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कार्यालय 'बंक' गर्ने कर्मचारीमाथि सतर्कता केन्द्रको अनुगमन

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण सङ्कलन गर्न थालेको छ ।

मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा कार्यरत निजामती कर्मचारीहरू बिहान हाजिर गर्ने र दिनभरि हराउन थालेपछि सिंहदरबारका सबै गेटमा अनुगमन गर्न थालिएको हो ।

कार्यालय समयमा कर्मचारीहरु नहुने गरेको गुनासो आएपछि अनुगमन गरेको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।

सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीहरुको परिचय पत्र हेर्दै उनीहरुको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेतको विवरण टिपोट गरेको छ ।

विवरणमा अधिकांश व्यक्तिगत कामका लागि सिंहदरबार भित्रबाट बाहिर निस्किएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077