काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्किने भएका छन् ।
चीनमा उपचार गराइरहेका नेता पुन स्वास्थ्यमा सुधार भएपछि नेपाल फर्कन लागेका हुन् ।
उनी पत्नी तथा पूर्व सभामुख ओनसरी घर्तीसहित शुक्रबार बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने उनको सचिवालयले जनाएको छ ।
नेता पुन जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए ।