Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संसद् भवन अगाडि नेविसंघको विरोध प्रदर्शन, १२ जना पक्राउ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले संघीय संसद् भवनबाहिर प्रदर्शन गरेको छ।

बुधवार त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघसँग आबद्ध विद्यार्थीहरूले उच्च शिक्षा ऐन २०७६, सङ्घीय शिक्षा ऐन लगायतका ऐनहरू कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

त्यस्तै कार्यक्रमस्थलबाट प्रदर्शनमा सहभागि नेपाल विद्यार्थी संघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न क्याम्पसका नेविसंघ आवद्ध १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

पक्राउ परेका उनीहरुलाई वानेश्वर प्रहरी वृतमा राखिएको छ ।

उनीहरुले शिक्षा सम्बन्धी विभिन्न ऐनहरु संसदमा पेश गरेर पारित गर्न मार्ग प्रशस्त नगरिए विद्यार्थी आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077