Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हृदयाघात भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडल आज बिहान ८ बजे डिस्चार्ज भएका हुन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । मंगलबार गंगालाल हृदयरोग केन्द्रमा पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको थियो ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको थियो ।

हिजो बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म निगरानीमा राखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077