Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सबै मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मार्केटिङ गरौं : पर्यटनमन्त्री किराती

भैहरवा । संस्कृति,पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री सुदन किरातीले गौतम बुद्ध विमानस्थलमा व्यवसायिक उडानको सम्भावना रहेको बताएका छन् ।

मलेसियाबाट नेपाल वायुसेवा निगमको जहाजले भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेपछि मन्त्री किरातीले यस्तो बताएका हुन् ।

पर्यटनमन्त्री किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै मिलेर मार्केटिङ गर्नुपर्ने बताए ।

पर्यटनमन्त्री किरातीले भने,'नेपाल एयरलाइन्सले राष्ट्रिय ध्वजाबाहक हुनुको आफ्नो दायित्व पुरा गरेको छ । अब सुतेर बस्न छुट छैन । मार्केटिङग गरी यो एयरपोर्टमा व्यवसायिक उडानको लागि सम्भावना छ भन्ने स्थापित गर्नुपर्छ।'

उनले गौतम बुद्ध विमानस्थलमा व्यवसायिक उडानको सम्भावना रहेको भन्दै सबै मिलेर मार्केटिङ गर्नुपर्ने बताए। मन्त्री किरातीले निगमले उडानलाई निरन्तरता दिनुपर्ने बताए।

उनले आगामी दिनहरूमा बुद्ध सर्किट राष्ट्रहरूबाट पनि उडानका लागि प्रयास गरिने बताए। उनले विमानस्थलले व्यावसायिक उडान सुरू गरेसँगै भाडा दर सस्तो हुने र कनेक्सन उडानमार्फत् कनेक्टिभिटी बढ्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077