Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चर्पी बनाउन पठाएको रकममा भ्रष्टाचार, अख्तियारले हाल्यो प्रधानाध्यापकविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माछापुच्छ्रे गाउँपालिका-६ मा रहेको कैलाश टेत्सुओ आधारभूत विद्यालयका प्रधानाध्यापकविरुद्ध मुद्दा दायर गरेको छ ।

कैलाश टेत्सुओ आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध अख्तियारले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

प्रधानाध्यापक पौडेलले विद्यालयको शौचालय निर्माण गर्दा भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । पौडेलमाथि आर्थिक वर्ष २०६७/६८ मा विद्यालयको शौचालय निर्माण गर्न निकासा भएको रकम हिनामिना गरेको आरोप छ ।

बैंकबाट रकम झिकेर शौचालय निर्माण नगरेको अख्तियारको आरोप छ । शौचालय नबनेपछि जिल्ला शिक्षा कार्यालयबाट पटक पटक बेरुजु खातामा दाखिला गर्न निर्देशन दिइएको थियो । तर पौडेलले रकम फिर्ता गरेनन् ।

शौचालय निर्माणको लागि आएको २ लाख र विद्यालयको नाममा रहेको अक्षय कोषको १ लाख १२ हजार गरी जम्मा ३ लाख १२ हजार उनले हिनामिना गरेको आरोप छ । उक्त रकम पौडेलबाटै असुल उपर गर्न मागदावी पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077