Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निजामती कर्मचारीलाई टिकटक बनाउन रोक, उच्छृङ्खल भएको आरोप

काठमाडौं । निजामती कर्मचारीहरुले अब टिकटक बनाउन नपाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको गुनासो आएको भन्दै टिकटक बनाउन रोक लगाएको हो ।

कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077