Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यालयका कुरा नीति कार्यक्रममा समेट्यौ बजेटमा छु्ट्यो : शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नीतिमा समावेश गरिएको कुरा बजेटले नसमेटेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन् ।

सांसद खनालले बजेटमा गुणस्तरीय शिक्षाले ठाउँ नै नपाएको बताए।

सांसद खनालले भने, ‘बुँदा २१०ले बूढानीलकण्ठजस्तो विद्यालय मुख्य सहरहरूमा बनाउने भनिएको छ। हामीले बूढानीलकण्ठ विद्यालयको प्रतिविद्यार्थी खर्च हेर्‍र्यौं भने वर्षको साढे चारलाख जस्तो पर्छ। तर, नेपालका अन्य सामुदायिक विद्यालयले प्रतिविद्यार्ती साढे १७–१८ हजार खर्च गर्छ। ज्ञानोदयजस्तो विद्यालयले प्रतिविद्यार्थी १८ हजार खर्च गर्छ। आजको सन्दर्भमा बूढानीलकण्ठजस्तो विद्यालय बनाउने हो कि, राम्रा विद्यालय पनि बनाउने हो?’

उनले हाम्रो अर्थतन्त्रले कस्तो विद्यालय बनाउने भने निर्क्यौल गर्न चुकेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077