Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • युनिलिभरको सहकार्यमा नेपाली सेनाको ‘सफा हिमाल अभियान’ : सगरमाथा तथा अन्य चुचुराबाट ३५,७०८ किलोग्राम फोहोर संकलन

    युनिलिभरको सहकार्यमा नेपाली सेनाको ‘सफा हिमाल अभियान’ : सगरमाथा तथा अन्य चुचुराबाट ३५,७०८ किलोग्राम फोहोर संकलन

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 666
    SHARES

    काठमाडौं । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाई र हटाउने “सफा हिमाल अभियान २०२३” यस वर्ष २०८० जेठ ८ गते सम्पन्न भएको छ । यस वर्षको अभियानले यी हिमालहरूबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो, जुन लक्ष्य हालै पूरा भएको थियो ।

    अभियान मार्फत हिमालबाट ३५,७०८ केजी फोहोर संकलन गरिएको थियो । स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गतेबाट सुरु भएको यो अभियानबाट सगरमाथा–ल्होत्से क्षेत्रबाट १३,६२१ किलो फोहोर र प्लास्टिक सङ्कलन गर्न सफल भएको थियो भने अन्नपूर्णबाट ३,५६७ किलो र र बरुञ्चेबाट १८,५२० केजी गरी, जम्मा गरी ३५,७०८ केजी फोहोर यी क्षेत्रबाट हटाइयो ।





    युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले आफ्नो कम्पनीले नेपालको सेवा गर्न पाउँदा गर्व महसुस गरेको र नेपाली सेनासँगको यस सहकार्यको प्रयासमा सहभागी हुन पाउँदा कम्पनीले सम्मानित महसुस गरेको बताएका छन् ।

    जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र यी महत्त्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई यी अभियानहरूद्वारा बढावा

    दिएको छ । वातावरणमा सुधार पार्ने यस्ता प्रयासहरूलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको पनि कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार