Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीके राउत भन्छन् - अधिकार प्राप्तिका लागि फेरि मधेश आन्दोलनको तयारी हुँदैछ

वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन् ।

शनिबार वीरगन्जमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

उनले विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरूले गद्धारी गरेका कारण मधेसका माग पूरा नभएकाले ती माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताए ।

२२ जिल्लको एक मधेस प्रदेश, नागरिकता, मधेसीको सम्मान र पहिचान मधेस आन्दोलनको माग भए पनि तीमध्ये कुनै पनि माग पूरा नभएकाले फेरि मधेस आन्दोलनको तयारीमा जनमत पार्टी लागिसकेको राउतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077