Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको आरोप - प्रचण्डले भ्रमणमा जाँदा २ वटा नदी कौडीको मोलमा भारतलाई दिए

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा नेपालका दुई नदी कौडीको मोलमा भारतलाई दिएको आरोप लगाएका छन्।

शनिबार नेपाल निजामती कर्मचारी संगठनको दोश्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

अध्यक्ष ओलीले सम्बोधनको क्रममा भने, ‘भारत भ्रमणमा के गरेर आउनु भयो त? दुई वटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ।' नेपालका नदी भारतलाई कुन आधारमा दिइएको भनेर प्रधानमन्त्री भन्न नसकेकाले शंका गर्ने ठाउँ रहेको उनको भनाई छ ।

यस्तै, उनले प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणमा रहँदा चुइँक्क बोल्न नसकेको रूस-युक्रेन युद्धले हो भन्दै प्रश्न समेत गरेका छन्। उनले मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्कासमेत प्रधानमन्त्रीले राख्न नसकेको भन्दै वर्तमान सरकारलाई नालायकको संज्ञा दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077