काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीविरूद्ध बाधा पुर्याउने प्रयास भइरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले २०८४ को चुनावमा बहुमत आउने अवस्था देखिएपछि अन्य दलले घेराबन्दी गरिरहेको आरोप लगाएका हुन्।
उनले भने, ‘तपाईंहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो, नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन् ।’
आगामी चुनावको परिणामलाई अनुमान गरि बाधा पुर्याउन अहिलेदेखि नै प्रयासहरू चलिरहेको भएपनि पार्टी नडराउने उनको भनाइ थियो।
साथै उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको भन्दै आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको स्पष्ट पारे ।
सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताए । सबै ठाउँबाट पार्टीलाई जिताउन आफ्नो पार्टीले काम थालिसकेको पनि जिकिर गरे ।
Leave a Reply