Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हेटौँडामा वृद्ध दम्पती घरभित्र पासो लगाएको अवस्थामा मृत फेला

हेटौंडा । मकवानपुरको हेटौँडामा वृद्ध उमेरका श्रीमान्–श्रीमती नै पासो लगाएको अवस्थामा मृत भेटिएका छन्।

हेटौंडा उपमहानगरपालिका– १, चाइना क्वाटरमा गए राति झुण्डिएको अवस्थामा स्थानीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती नन्द कुमारी मृत भेटिएका हुन् ।

तीन तले पक्की घरको माथि रहेको ट्रसले छाएको पूजा कोठामा फलामको ट्रसमा गम्छाको पासो लगाई दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको मकवानपुर जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077