Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति रवि लामिछानेद्वारा नागढुंगा सुरुङ मार्ग अवलोकन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्माणाधीन नागढुंगा सुरुङ मार्गको अवलोकन गरेका छन् ।

रास्वपाका सभापति लामिछानेसहितका रास्वपा नेताहरुले निर्माणधीन सुरुङ मार्गको अवलोकन गरेका हुन् ।

सभापति लामिछानेसंगै प्रतिनिधि सभा सदस्य डा। स्वर्णिम वाग्ले पनि निर्माणधीन नागढुंगा सुरुङ मार्गको अवलोकन गर्न पुगका थिए ।

सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउने भएकोले यसको महत्व भएको बताए । यो आयोजना महत्वपूर्ण आयोजना भएको उनको भनाइ छ ।

यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने बताए बताउँदै अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताए ।

सुरुङ मार्गले दूरी घट्ने हुँदा इन्धनको बचत हुने उनले बताए । नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उनले यसबाट शिक्षा लिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077