काठमाडौं । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक असार १० गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरि स्थगित गरेका हुन् ।
शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्।
अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ। राष्ट्रियसभामा यही जेठ २४, २५ र २६ गते बजेटमाथि सामान्य छलफल भएको थियो ।