Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

५० हजार घुससहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याव टेक्निसियन अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याव टेक्निसियनलाई घुसहित पक्राउ गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याव टेक्निसियन लेखनाथ भट्टराई ५० हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

भट्टराईले शुक्रबार बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

भट्टराईले ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेका थिए ।

घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077