Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तार्केश्वरमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु

काठमाडौं । बसको ठक्करबाट धर्मस्थलीमा एक किशोरको मृत्यु भएको छ।

तार्केश्वर नगरपालिका-६ धर्मस्थलीमा बसको ठक्करबाट १७ वर्षीय किशोरको मृत्यु भएको हो ।

मंगलबार राति साढे ६ बजे बा २ ख ८४१३ बस धर्मस्थलीबाट रत्नपार्क जाँदै थियो।

त्यही बेलामा बसले पैदल हिडिँरहेका किशोरलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

ठक्करपछि गम्भीर घाइते भएका किशोरलाई ग्रीन सिटी अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचारको क्रममा ७ बजे उनको मृत्यु भएको हो। खोटाङ घर भएका ती किशोर काठमाडौंको तार्केश्वरमा डेरा गरी बस्दै आएका थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077