काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका(५ का वडाध्यक्ष ५० हजार घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट खटिएको टोलीले वडाध्यक्ष सब्दुल मियालाई पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार वडाध्यक्ष मियाँले भवन निर्माण सम्पन्न भएको सिफारिस पत्र दिने प्रयोजनका लागि घुस मागेका थिए ।
पूर्वसूचनाको आधारमा खटिएको अख्तियारको टोलीले उनलाई घुस रकम लिइसकेको अवस्थामा रंगहात पक्राउ गरेको प्रवक्ता दाहालले जानकारी दिए । पक्राउ परेका वडाध्यक्ष मियाँमाथि अख्तियारले थप अनुसन्धान थालेको छ ।