काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सच्याउन माग गरेका छन् ।
बजेटबारे प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारलाई बजेट सच्याउन माग गरेका हुन् ।
अध्यक्ष ओलीले भने, ‘सच्याउनुस् बजेट। सरकारले बजेट फेर्यो, असफल भयो भन्दैनौँ हामी। सरकारले बजेट फेर्यो भन्दैनौं हामी । देश र जनताका लागि सरकार बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौँ ।’
मुलुकको अर्थतन्त्र र जनताको आर्थिक अवस्थालाई मध्यनजर गरेर सरकार बजेट सच्याउन तयार हुनुपर्ने ओलीको भनाइ छ । बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने ओले बताए ।