Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकार आफैंले छ्यापेको हिलो पुछ्दै हिँडेको छ : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटले आम रूपमा नेपालीको प्रतिनिधित्व गर्न नसकेको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सरकारले अघि सारेको आगामी वर्षको बजेटमाथि बोल्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् ।

उनले बजेटलाई नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्न बजेट चुकेको बताए ।

अध्यक्ष ओलीले भने, ‘राष्ट्रमा उत्साहको लहर पैदा गर्ने कार्ययोजना आएको छैन। कुनै प्रयास बिना संकलन हुन सक्ने राजस्व विगतदेखि कार्यान्वयनमा आएका केही अयोजना पूर्वाग्रह राखेर, कुनै लक्ष्य, नतिजा, निर्धारण नगरिकन, अलिअलि रकम छ्यास्सछुस्स मुख बुझो लगाउन खोजेको छ। सम्पूर्ण नेपाली र नेपाल राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्यापमा बजेट प्रस्ताव गर्न बजेट चुकेको छ ।’

समृष्टिगत आर्थिक स्थायीत्व कायम गर्ने उच्चदरको आर्थिक विकास हासिल गर्ने, व्यापकरूपमा रोजगारीको अवसर सिर्जना गर्ने र बाह्य लगानीलाई आकर्षित गर्ने, मूल्य नियन्त्रण गर्ने, चालू खाता घाटा घटाउने, नेपाली अर्थतन्त्रलाई प्रभावकारी र दक्ष बनाउन बजेटले नसकेको उनले बताए।

अध्यक्ष ओलीले विगतमा आफूले रेल, पानी जहाजको कुरा उठाउँदा विरोध गरेको स्मरण गराउँदै अहिले आफैंले छ्यापेको हिलो पुछ्दै सरकार हिँडेकोसमेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077