Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रचण्डको भारत भ्रमणको उपलब्धि त्यही १५ वटा राँगा हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमण पूर्णरुपमा विफल भएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधनका क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणमा कुनै नयाँ काम नभएको बताएका हुन्।

अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको उपलब्धि भनेको १५ वटा राँगा ल्याउनुमात्र भएको बताए ।

अध्यक्ष ओलीले भने, ‘साँच्चै ल्याएको चाहिँ १५ वटा राँगा हो । अरु कुरा त प्रधानमन्त्रीज्यू, प्रमाणित गर्नुपर्छ । अरु कुन चाहिँ के प्रोजेक्ट छ ?’

प्रधानमन्त्रीले भारतीय भूमिमा भूमि सट्टापट्टाको विषय उठाउनु गलत भएको ओलीले बताए । मोतीहारी अमलेखगञ्ज पाइपलाइन पहिले नै बनेकाले त्यसलाई चितवनसम्म विस्तार गर्नु ठूलो कुरा नभएको पनि ओलीले बताए ।

भन्सारमा संयुक्त जाँच चौकी, पेट्रोलियम पाइप लाइनसहितका परियोजना सबै पुरानो भएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077