Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • भ्रष्टाचार र राष्ट्रघातविरुद्ध एमालेका जनवर्गीय संगठनको प्रदर्शन

    भ्रष्टाचार र राष्ट्रघातविरुद्ध एमालेका जनवर्गीय संगठनको प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 657
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको जनवर्गीय संगठनले भ्रष्टाचार र राष्ट्रघातविरुद्ध प्रदर्शन गरेको छ ।

    संगठनले पछिल्ला सार्वजनिक महत्व र समसामयिक विषयमा सरकारमाथि दबाब दिँदै सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।



    उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सीमा समस्या समाधान गर्न सट्टापट्टा गर्न सकिने बताएर राष्ट्रघात गरेको भन्दै आन्दोलित भएका हुन् ।



    प्रदर्शनकारीहरूले भ्रष्टाचारविरोधी र राष्ट्रघातविरोधी विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    प्रदर्शनकारीले नागरिकता विधेयक, रेशम चौधरीलाई आममाफीको निर्णय, सांसद विकास कोष ब्यूँताइएको जस्ता विषयमा पनि खबरदारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार