अछाम । पूर्वाधार विकास कार्यालय अछाममा कार्यरत सव-ओभरसियर मृत फेला परेका छन् ।
जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ३ चिरकिट्टे भन्ने स्थानमा सोही गाउँपालिकाको वडा नम्बर ५ का ३५ बर्षिय समशेर खड्का मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रुखमा झुन्डिएको अवस्थामा खड्काको शव फेला परेको छ । खड्काको हत्या भएको आशंका आफन्तले गरेका छन् ।
खड्का पूर्वाधार र विकास कार्यालय अछाममा करारमा सव-ओभरसियर पदमा कार्यरत थिए ।
घटनाबारे थप अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ भने जिल्ला प्रहरी कार्यालयको टोली पनि घटनास्थलतर्फ हिडेको छ । अनुसन्धानपछि मात्रै घटनाका विषयमा थाहा हुने प्रहरीले जनाएको छ ।
Leave a Reply