Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालको समग्र हितको रक्षापछि मात्रै संसद्को अवरोध अन्त्य हुन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताएका छन् ।

संघीय संसद् भवनबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

अध्यक्ष ओलीले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को गतिरोध हटाउने बताए ।

एमालेले नागरिकता विधेयक प्रमाणीकरण, रेशम चौधरीको रिहाइलगायतका विषयमा विरोध जनाउँदै प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक अवरूद्ध गरेको थियो।

प्रधानमन्त्रीले अभिव्यक्तिप्रति माफी नमागेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077