Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डले भारतमा ‘विवादास्पद अभिव्यक्ति’ दिएको भन्दै संसद अवरुद्ध गर्ने तयारीमा एमाले

काठमाडौं । चारदिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय हीत विपरीत अभिव्यक्ति दिएको ठहर गर्दै एमालेले संसद अवरुद्ध गर्ने तयारी गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठक एमालेले अवरुद्ध गर्ने तयारी गरेको हो । आजको बैठकमा सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने कार्यसूची छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमाथि छलफल हुनु अगाडि नै प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा बंगलादेशसम्म पुग्ने बाटो नेपाललाई दिए कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिन सकिने विकल्पबारे पनि छलफल भएको विवादास्पद अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077