Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घुस खान कतै जानु पर्दैन, खुवाउन आफैँ आउँदा रहेछन् : पर्यटनमन्त्री किराती

काठमाडौं । पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले घुस खान कतै जानु नपर्ने कुरा मन्त्री भएपछि थाहा पाएको बताएका छन् ।

शुक्रबार शिवप्रसाद घिमिरेको ‘शून्यबाट सुरु’, व्यापारबाट अपार पुस्तकको विमोचन कार्यक्रममा बोल्दै पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् ।

पर्यटनमन्त्री किरातीले भने, ‘यहाँ आफूले घुस खान जान पर्दैन। घुस खुवाउन आफैँ आउँदा रहेछन्। यो कुरा मन्त्री भएपछि थाहा पाएँ। कस्तो मुलुक हो यो ? छक्क पर्छु।’

पर्यटनमन्त्री किरातीले आफू मन्त्री भएपछि वनझाँक्रीको घेराबन्दीमा परेजस्तै भएको बताए।

यस्तै पर्यटनमन्त्री किरातीले हवाई क्षेत्रमा लगाइएको करमा पनि आफ्नो असहमति रहेको समेत बताए । पर्यटनमन्त्री किरातीले हवाई क्षेत्रमा कर बढाउँदा हवाई भाडा झनै बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077