Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • ‘अखण्ड भारत’को नक्साविरुद्ध भारतीय दूताबास अगाडि प्रदर्शन

    ‘अखण्ड भारत’को नक्साविरुद्ध भारतीय दूताबास अगाडि प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । भारतको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु समेटिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

    उनीहरुले शुक्रबार काठमाडौंस्थित भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेका हुन्।



    सहभागीले  ‘भारतीय विस्तारवाद मुर्दावाद’, ‘निरिह सरकार मुर्दावाद’, ‘राजसंस्था जिन्दावाद’, ‘हिन्दूराष्ट्र जिन्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।



    भारतमा आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नक्सा भित्तामा अंकित गरिएको छ । नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार