Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले गरे निर्माणाधीन संघीय संसद भवनको अवलोकन

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्वाचित भएपछि पहिलो पटक सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन्।

सभामुखसँगै उपसभामुख इन्दिरा रानामगर, सहरी विकासमन्त्री सीता गुरुङ पनि अवलोकन निरीक्षणमा पुगेकी हुन् ।

१५१ रोपनी जग्गामा निर्माणाधीन अत्याधुनिक ८ वटा मुख्य भवनको ६३ प्रतिशत काम सकिएको जानकारी निर्माण पक्षले दिएको सभामुख घिमिरेले बताए ।

उनले निर्माणको गति वृद्धि गर्न, त्रुटिरहित काम गर्न निर्देशन समेत दिए ।

सङ्घीय संसद्का दुवै सदन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सञ्चालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077