Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति रवि लामिछाने पनि पत्नी लिएर भारत उडे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जम्बो टोलीसहित भारत भ्रमणमा निस्किएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भारत गएका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने पत्नी निकिता पौडेललाई साथमा लिएर भारत भ्रमणमा निस्किएका हुन् । उनी जहाजबाट गएका हुन् ।

स्रोतका अनुसार व्यक्तिगत कामले सभापति लामिछाने भारत गएका हुन् । आफू भारत जाने भएपछि रविले संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिएको बताइएको छ ।

प्रचण्ड भारत भ्रमणमा रहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका रवि पनि भारत जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077