Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

११ दिनपछि मेलम्चीको पानी काठमाडौं पठाइयो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले यही जेठ ६ गतेदेखि पानी वितरण बन्द गरिएको थियो ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरका अनुसार संरचनाको मर्मतपछि पानी सोमबार साँझदेखि काठमाडौं पठाइएको हो ।

२०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना (हेडवर्क्स) तहसनहस बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077