Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विष्णुलाई जन्मदिनको शुभकामना दिँदै साम्पाङले भने - लाइक र कमेन्टले मोबाइल ह्याङ होस्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाललाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले व्यंग्यात्मक रूपमा जन्मदिनको शुभकामना दिएका छन् ।

आफूलाई ‘बौलाहा’को संज्ञा दिएका उपमहासचिव रिमाललाई सामाजिक सञ्जालमा लाइक र कमेन्ट सोचेजति आओस् भन्दै मेयर साम्पाङले जन्मदिनको शुभकामना दिएका हुन् ।

धरानतिरचैँ एउटा बौलाहा टाइपको मेयर छ, है। काम त अब राम्रै गर्‍या होला। धरानबाहिर पपुलर छ, धरानभित्र कति छ, थाहा छैन रिमालले यस्तो बोलेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । अहिले फेरि साम्पाङले रिमालको जन्मदिनको अवसर पारेर त्यही विषयमा कटाक्ष गरेका हुन् ।

‘जन्मदिनको शुभकामना विष्णु रिमालजी, लाइक र कमेन्टले मोबाइल ह्याङ होस्, सोचेजति मान्छेकोमा कन्टेन्टको इङ्गेज पुगोस्’, साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फेरि पनि जन्मदिनको शुभकामना।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077