Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सात दिनभित्र संसदीय समितिको सभापति चयन गर्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले सात दिन भित्र संसदको समितिहरूको सभापति चयन गर्न निर्देशन दिएका छन् ।

कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा सभामुख घिमिरेले संसदीय समितिको नेतृत्वबारे दलहरूलाई ध्यानाकर्षण गराउदै सभापति चयन गर्न निर्देशन दिएका हुन् ।

उनले संसदीय समितिहरुको नेतृत्व चयन नहुदाँ कामले गति लिन नसकेको भन्दै समितिको नेतृत्वमा सहमति नभए निर्वाचनमा जान सुझाव दिए ।

दलहरूले संसदीय समितिमा रहने सदस्यहरू चयन गरे पनि दलीय सहमति नहुँदा समितिका सभापतिहरू चयन भएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077