Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजतन्त्र हटेको डेढ दशकपछि रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला

पोखरा । पोखराको लेकसाइडमा रहेको रत्न मन्दिर (राजदरबार) राजतन्त्र हटेको डेढ दशकपछि सर्वसाधारणका लागि खुला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले आज (सोमबार) १६औं गणतन्त्र दिवसको अवसर पारेर उक्त मन्दिर सर्वसाधरणका लागि खुला गरिएको हो ।

उक्त मन्दिर राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नाको नाममा बनाएका थिए । सर्वसाधरणलाई उक्त मन्दिरमा प्रवेश अनुमति थिएन ।

मन्दिर परिसर सर्वसाधारणका लागि खुला भएपनि मुख्य भाग भने अहिले नै खुला नहुने बताइएको छ ।

यसको मुख्य भवनमा ११ कोठा छन् भने नेपाल ट्रष्टको नाममा कास्कीमा १ सय ७४ रोपनी जग्गा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077