Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडानबारे कूटनीतिक छलफल जारी छ : पर्यटनमन्त्री किराती

पोखरा । सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखराबाट अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा स्थानियमा निराशा छाएको बताएका छन् ।

पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्नमन्दिर खुला गरेका पर्यटनमन्त्री किरातीले यस्तो बताएका हुन् । पर्यटनमन्त्री किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कूटनीतिक पहल गरिराखेको बताए।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायमा निराशा छाएको भन्दै आफूले भारत र चीनका विभिन्न सहरबाट उडान भर्न पहल गरिराखेको बताए।

पर्यटनमन्त्री किरातीले भने,‘पोखराबाट अन्तर्राष्ट्रिय उडान नहुँदा तपाईंहरूमा निराशा छाएको छ, मेरो स्तरबाट कूटनीतिक छलफल जारी राखेको छु । चीनको विभिन्न सहरबाट र भारतको विभिन्न सहरबाट पोखरा उडान गर्न सक्यौं भने स्वाभाविक रूपमा पोखरा पर्यटनको केन्द्र बन्छ।’

मन्त्री किराँतीले यही जुन २२ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनमा चार्टर्ड उडान गर्ने सहमति भएको पनि बताए।

विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालन गर्न पोखरा–चीन सिधा उडान प्रस्थान विन्दु बन्ने उनले दाबी गरे।

नेपालको आर्थिक समृद्धिको स्रोत पर्यटन रहेको भन्दै उनले प्रकृति र संस्कृतिलाई ब्राण्डिङ गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077