Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेल कन्सर्टमा झुम्यो विराटनगर

विराटनगर । एनसेल आजियाटाले हाटखोला मैदानमा आयोजना गरेको कन्सर्ट सम्पन्न भएको छ।

एनसेलले रमाऔ सधै सँगैु भन्ने थिमका साथ आयोजना गरको सांगीतिक कार्यक्रम विराटनगरमा संम्पन्न भएको हो ।

कन्सर्टमा दर्शकहरूले चर्चित कलाकार तथा सांगीतिक समूहहरूको प्रस्तुतिमा नाच्दै–गाउदै मनोरञ्जन लिएका थिए।

गायक दिपक बज्राचार्य एन्ड रिदम ब्यान्डदेखि आषिश राना (लाउरे), द एलिमेन्ट्स, शिव परियार, अस्मिता अधिकारी, सुनिल पण्डित सबैले आ–आफ्ना प्रस्तुतिका साथ दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। कन्सर्टमा कलाकार केकी अधिकारीको नृत्य प्रस्तुत गरेकी थिइन्।

यस सांगीतिक कार्यक्रमले विराटनगरका आफ्ना ग्राहकहरूलाई मनोरञ्जन प्रदान गर्दै, देश विदेशमा रहेका सबैसँग फेसबुक लाइभमार्फत जोडिएर खुसी साटा साट गर्न सफल भएको एनसेलले जनाएको छ।

ग्राहक सुविधाको लागि कार्यक्रम स्थलमा एनसेलको स्टलका साथै अन्य फुड स्टलहरू पनि रहेको थियो। यसअघि एनसेलले नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते काठमाडौंको दरवारमार्गमा एनसेल प्रिजेन्टस् १६औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077