Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिआइबीले भन्यो - सुन तस्करीमा नयाँ तरीका देखियो, थप अनुसन्धान जारी छ

काठमाडौं । सुन तस्करीमा नयाँ शैली देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का अनुसार सामान भित्र सुन राखी सुन तस्करी गर्ने नयाँ तरीका अनुसन्धानबाट खुलेको हो ।

नयाँ शैली अपनाएर सुन तस्करी गरी रहेको देखिएकोले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ । सिआइबीले भन्सार कर्मचारीसहित चार जनालाई पक्राउ गरी यससम्बन्धि अनुसन्धान थालेको छ ।

बिद्युतीय चुरोटभित्र लुकाएर सुन तस्करी भएको र यसमा भन्सार कर्मचारी, भन्सार एजेन्ट तथा दुई व्यापारी पक्राउ परेका छन् । भन्सारका नासु रेवन्त खड्कासहितलाई ब्यूरोले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077