Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको तिला गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपाली सार्कीसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

लागत अनुमान बमोजिम कार्य नभए पनि कार्य सम्पन्न भएको प्रतिवेदन बनाएर भुक्तानी गरेको अभियोगमा अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा तत्कालीन निमित्त प्रमुख प्रशासकीय सार्की, इन्जिनियर जनक रोकाय, सव–इन्जिनियर प्रेमबहादुर बस्नेतले तिला गाउँपालिका वडा नम्बर १ स्थित नाग्मा पार्क उद्यान निर्माण योजनामा अनियमितता गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

उनले नाग्मा पार्क तथा उद्यान निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दबहादुर बुढा, सचिव अर्जुन बुढा र कोषाध्यक्ष दिलधरा दमाईविरुद्ध पनि मुद्दा गरिएको बताए ।

स्वीकृत गरेको लागत अनुमान बमोजिम कार्य नभएको, स्थलगत गई नाप जाँच गरी कम काम भए गरेको कार्यलाई बढी गरेको भनी प्राविधिक मूल्याङ्‍कनसहितको नापी किताब तयार गरी ५ लाख ४५ हजार ४१९ रुपैयाँ भुक्तानी गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077