Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस गरिँदै

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज आर्थिक सर्वेक्षण पेस हुने भएको छ । संसद् भवन, बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस हुने भएको हो ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस गर्ने उल्लेख छ ।

सरकारले आगामी आवको बजेट पेस गर्नुपूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नुपर्‍योजस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।

सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077