Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि पारित भएको छ ।

राष्ट्रपतिबाट गत जेठ ५ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पनि बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममा सांसदहरुले राखेका संशोधन प्रस्ताव अस्वीकार गर्दै प्रतिनिधि सभाको बहुमतले पारित गरेको हो ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।

यसअघि गत मंगलबार राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भइसकेको थियो। दुबै सदनबाट नीति तथा कार्यक्रम बहुमतले पारित भएपछि सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ।

प्रतिनिधिसभाको अर्को बैठक जेठ १४ गते दिनको १ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077