Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी उपाध्यक्ष महराको दाबी - समाजवादी मोर्चा बनाउन विप्लव पनि सहमत छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले समाजवादी मोर्चा बनाउन नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव पनि सहमत रहेको दाबी गरेका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा जनसांस्कृतिक महासंघद्वारा आयोजित ‘सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकको २१ औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले समाजवादी मोर्चा निर्माणको प्रक्रियाले गति लिइरहेको बताए ।

देशी विदेशी शक्ति समाजवादी मोर्चा बन्न नदिने चलखेलमा लागेकाले क्रान्तिकारी शक्तिहरू चनाखो बन्न जरुरी रहेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077