Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराईले भने - रेशम चौधरीको रिहाइका लागि किन्तु परन्तु नगरौँ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइ हुनु पर्नेमा जोड गरेका छन् ।

टीकापुर हत्याकाण्डमा अदालतबाट जन्मकैद ठहर भई जेलजीवन बिताइरहेका रेशम चौधरीको रिहाइ बारेमा विवाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो ।

भट्टराईले भनेका छन्, ‘रेशम चौधरी लगायतका टीकापुर थारु विद्रोहका नेताहरूलाई संविधान कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौँको सङ्ख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन सांसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौँ । लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभुलौँ।’

उनले नागरिकता बिद्येयक पनि प्रमाणिकरण हुनु पर्नेमा जोड गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077