Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी मेडिकल क्लिनिकमा रुसद्वारा मिसाइल आक्रमण, दुई जनाको मृत्यु

एजेन्सी । रुसले पूर्वी युक्रेनी शहर निप्रोमा रहेको मेडिकल क्लिनिकमा मिसाइल आक्रमण गरेको छ ।

आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु छ भने ३० भन्दा बढी घाइते भएका छन् ।

भग्नावशेषबीच उद्धार टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको छ ।

रुसले मेडिकल क्लिनिकमै आक्रमण गर्न थालेपछि यक्रुेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको अत्याचार सह्य नहुने चेतावनी दिएका छन् । आक्रमणसँगै क्लिनिक क्षतिग्रस्त भएको छ।

यस्तै युक्रेनी अधिकारीहरूले भने गएको रातभर मात्रै रुसबाट प्रक्षेपण गरिएका १७ वटा मिसाइल र ३१ ड्रोनलाई खसालेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077