Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवनमा आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो । शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि आजको लागि बैठक बोलाइएको हो ।

आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षले पशुपतिनाथ मन्दिरको गजुरका विषयमा आधारहीन आरोप लगाएको भन्दै नेकपा एमाले सांसदले बेल घेरेका थिए ।

सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगन गरेका थिए । तर सहमति हुन नसकेपछि बैठक शनिबार अपराह्न ४ बजे बस्नेगरी बोलाइएको हो । विभिन्न चरणको सर्वदलीय बैठकसँगै बैठक पुनः साँझ ६ बजेका लागि बोलाइएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077