Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश सरकारमा लोसपा सहभागी, कुर्मी बने वनमन्त्री

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् ।

लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर, तत्काल एउटा मन्त्रालय दिने सहमतिअनुसार लोसपाले कुर्मीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

पर्सा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित नवनियुक्त मन्त्री कुर्मीलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले आज बेलुका ५ बजे शपथग्रहण गराउने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077