Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्वजनिक स्थानमा धूम्रपान नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशन

काठमाडौं । सार्वजनिक स्थानमा सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले
निर्देशन दिएको छ ।

कार्यालयले बिहीवार एक सूचना जारी गरी सूर्तिजन्य पदार्थ सेवन नगर्न–नगराउन ५ बुँदे निर्देशन दिएको हो ।

जारी सूचनामा ‘सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन, २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिजन्य पदार्थ सेवन गर्न नहुने’ कानूनी व्यवस्थाअनुसार सो निर्देशन दिइएको उल्लेख छ ।

यस्तै अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तिजन्य पदार्थ वितरण नगर्न पनि प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077