Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीले भन्यो - भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैमाथि अनुसन्धान हुनुपर्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्ने जनाएको छ ।

पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको समाजवादीको केन्द्रीय सचिवालयको अनौपचारिक बैठकले यस्तो बताएको हो ।

बैठकले शरणार्थी प्रकरणमा छलफल गर्दै अब हुनसक्ने सम्भावनाका आधारमा नाम आएका सबैमाथि अनुसन्धान गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम,आगामी बजेट सरकार र प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077