Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाघको आक्रमणबाट ज्यान गुमाएकी गंगाको परिवारलाई १० लाख प्रदान

कञ्चनपुर । बाघ आक्रमणमा परि ज्यान गुमाएकी कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुईँकी ४२ वर्षीया गङ्गा चन्दको परिवारलाई राहत रकम उपलब्ध गराइएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बाघपीडित परिवारलाई १० लाख राहत रकम हस्तान्तरण गरेका हुन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाबमोजिम नियमानुसार पाउने राहत रकम मृतकका परिवारलाई हस्तान्तरण गरिएको हो ।

गत वैशाख ८ गते पचुईँस्थित खप्टीनालामा घाँस काट्न गएकी चन्दलाई बाघले आक्रमण गरेको थियो । आक्रमणपछि बेपत्ता भएकी चन्दको शव खोजी गर्ने क्रममा खप्टी नाला क्षेत्रमा भेटिएको थियो ।

















प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077