Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ । बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभाकक्षमा बैठक बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार बैठकमा नेपाल–भारत शान्ती तथा मैत्री सन्धि १९५० मा पुनरावलोकन गर्नुपर्ने विषय, नेपाल–भारत जलस्रोत सम्बन्ध आदि विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी जेठ १७ गते छिमेकी देश भारत भ्रमणमा जाँदैछन् ।

भ्रमणमा लामो समयदेखि उठ्दै आएका यी विषय पनि समेट्न विज्ञहरूले सुझाव दिइरहेका बेला समितिको बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077