Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीय संसदको संयुक्त बैठक जेठ १४ गतेसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदको संयुक्त समितिको बैठक यही जेठ १४ गतेसम्मका लागि स्थगित भएको छ ।

बुधबार अपराह्न ४ बजे बसेको बैठकमा  ‘संघीय संसद्को संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८०’ को प्रतिवेदन प्रस्तुत भई सैद्धान्तिक छलफलपछि बहुमतले भएको छ ।

सभामुखले नियमावलीको मस्यौंदा समितिको प्रतिवेदनमाथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।

सैद्धान्तिक छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ सहभागी भए ।

समितिका सभापति ध्रुवबहादुर प्रधानले सदनसमक्ष प्रतिवेदन पेस गरेको प्रतिवेदनमाथि संशोधनका लागि ७२ घण्टाको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077